Wednesday, December 28, 2011

कथा: डिनरको लागि के वन्दै छ ?

एकजना मान्छे उसकी वुढीले कान सुन्न छोडेको देखेर चिन्तित वनेछ । उसलाई कानसुन्ने वनाउने विचार गरेछ। तर वुढीलाई तैंले कानसुन्न छोडिस भनेर कसरी भन्ने भनेर उसलाई चिन्ता परेछ। र परिवारको डाक्टरलाई छलफल गर्न वोलाएछ। डाक्टरले उसकी वुढीले कानसुन्दिन रहेछु भनेर आफैं जानोस भन्ने हिसावले एउटा सानो परिक्षा लिनुपर्छ तिमीले भनेर वुढालाई सिकाएछ।

डाक्टरले भनेछ: तिमी तिम्रो वुढीको ४० फिट पर वस अनि साधारण आवाज निकालेर कुरा गर। यदी उसले सुनिन भने ३० फिट मा गएर फेरी साधारण आवाज निकालेर कुरा गर। अझैपनि सुनिन भने एवं रितले २० फिट हुदै नजिकिंदै जाउ जवसम्म उसले तिम्रो कुरा सुन्दिन।

त्यससाँझ डाक्टरको सल्लाह वमोजिम वुढी भान्सामा पकाईरहेको वेला वुढोले ४० फिट परवाट भनेछ “वुढी , डिनरको लागि के वन्दै छ” ? तर अहँ वुढियाले सुनिन ।

४० फिटवाट नसुनेपछी वुढो भान्साको ३० फिट नजिक गएछ र अगि जस्तै गरी भनेछ : “वुढी , डिनरको लागि के  वन्दै छ” ? तर अहँ वुढियाले फेरी सुनिन छ ।

३० फिट टाढावाट पनि वोलेको नसुने पछी वुढो २० फिटमा गएर अगाडि झै वोलेछ: “वुढी , डिनरको लागि के वन्दै छ” ? यो पाली पनि वुढीले सुनिन छ।

२० फिटवाटवोल्दा पनि नसुनेपछी डाक्टरको सल्लाह वमोजिम वुढो १० फिट नजिकै गएर भनेछ: “वुढी, डिनरको लागि के  वन्दै छ ” ? फेरीपनि वुढीले सुनिनछ।

१० फिटवाट पनि नसुनेपछी उ वुढिको पछाडि गएर भनेछ: “वुढी, डिनरको लागि के  वन्दै छ ” ?

यसपाली भने वुढिले सुनिछ र भनिछ : “वुढा, पाँच पल्ट देखी भन्दै छु, चिकेन पकाईरहेकी छु भनेर !”

- समाप्त -

यसकथावाट लिनुपर्ने शिक्षा: आफूलाई लागेझै समस्या अरुकोमा होला भन्नु उचित नहुन सक्छ। समस्या त आफू भित्र नै पनि हुन सक्छ !

स्रोतMoral Stories

Tuesday, July 19, 2011

शेक्सपियरको Sonnet 23


रंगमंचमा एक असिद्ध कलाकार झैँ जो डरले अफ्नो भाग बिर्सन्छ, अथवा कुनै क्रोधले भरिएको हिंसात्मक मानिस झैँ जसको बलको बाहुल्यले उसकै मनलाई कम्जोर बनाउछ --

त्यसैगरी म, बिना अत्मबिस्वास, सही समारोहमा प्रेमको रीति बोल्न बिर्सन्छु, र आफ्नै प्रेमको बलले, आफ्नै प्रेमको बोझले, क्षीण हुन्छु |

त्यसैले मेरा किताबहरु मेरो वाक्पटुता बनुन्, मेरो बोलिराख्ने मनका मौन सगुणहरु, जसले प्रेमको वकालत गर्छ, र भरपाई खोज्छ, र मेरो जिब्रोले भन्दा बडी अभिव्यक्त गर्छ |

त्यसैले नि:शब्द प्रेमले लेखिएको कुरा पढ्न सिक -- आँखाले सुन्न सक्नु नै प्रेमको श्रेष्ठ प्रतिभा हो |

- समाप्त -

Saturday, July 2, 2011

प्रेम र विवाहको अर्थ

एउटा विध्यार्थीले गुरुलाई सोधेछ - “गुरु, यो माया / प्रेम भनेको के हो ?” । गुरुले भनेछन् - “ यो प्रश्नको जवाफ दिनुअघि तिमीले एक काम गर्नुपर्दछ। काम के भने तिमी गहुँवारीमा जाउ र त्यहाँको सवैभन्दा ठूलो गहुँ लिएर आउ। तर तिमीले कुनैपनि गहुँलाई एकपटक विचार गरीसकेपछी पुन: फर्केर ल्याउन भने पाउने छैनौ।”

त्यसपछी त्यो विध्यार्थी गहुँवारीमा गएछ र हेर्दै अघि वढ्दै गरेछ। उसले एउटा ठूलो गहुँ देखेछ तर उसलाई लागेछ: यो भन्दा ठूलो गहुँ पाउन पनि सक्छ...। उसले अगाडि वढ्दा अर्को झनै ठूलो गहुँ भेटेछ। यो पालीपनि उसलाई लागेछ: ठूला गहुँहरु भेटिदैछन्। यो भन्दा पनि ठूलो गहुँ भेटिनेछ ।

अगाडि वढ्ने क्रममा गहुँवारीको विचतिर पुग्दा अगाडि भेटेको गहुँ नै लिनुपर्ने रहेछ त्यो नै ठूलो थियो भन्ने लाग्न थालेछ। यस्तै सोच्दासोच्दै उ वारिको पल्लो छेउमा पुगेछ। अनि गुरुकहाँ विना गहुँ रित्तो हात फर्केछ।

Friday, June 17, 2011

प्रार्थना गरेको हात

- रस्मी कार्की पुरी -

१५ शताब्दी तिरको कुरा हो, नुरेम्बेर्ग नजिकैको एउटा सानो गाँउमा एउटा सुनारको ठुलो परिवार बस्थ्यो । सुनारको १८ जना सन्तान थिए जसको लालन पालनको लागि उनलाई दैनिक १८ घण्टा आफ्नो सुनारीमा बिताउनु पर्थ्यो भने बाँकी समय चाँही उनी आफ्नो छिमेकीहरुको घरमा निमेकी गर्दथे। गरीब भएर यस्तो दु:ख सुखले जीवन गुजारिरहेको यस परिवारको १८ मध्ये २ जना छोराहरु अल्ब्रेच्ट डुरेर र अल्बेर्टलाई कलामा ठूलो शोख थियो । उनीहरु दुबै जना आफ्नो शोखलाई पूर्ण गर्नको निम्ति नुरेम्बेर्गको कलाको स्कूलमा अध्ययन गर्न चाहन्थे । तर आफ्नो आर्थिक अवस्थाको कारणले गर्दा उनीहरुका बाबुले उनीहरुलाई नुरेम्बेर्गको कलाको स्कूलमा पठाउन सक्दैनन् भन्ने उनीहरुलाई राम्रोसँग ज्ञान थियो ।

अनगिन्ती लामा छलफलहरु पछि एक रात दुबै जना दाजुभाईले आफ्नो पढ्ने ईच्छा पुरा गर्न एउटा जुक्ती गर्छन् । एउटा सिक्का उछालेर आफ्नो भविस्यको बारेमा निर्णय गर्ने - जस अनुसार जसले जित्छ ऊ पढ्नको लागि नुरेम्बेर्ग जान्छ, अनी अर्कोले उसको पढाईको खर्च नजिकैको खानीमा दिन रात काम गरेर जुटाउँछ , अनि अर्को भाई आफ्नो चार बर्षको पढाई पूरा गरे पछि आफ्नो क्षेत्रमा काम गरेर अथवा खानिमै गएर भए पनि काम गरेर अर्कोलाई पढाउनु पर्नेछ ।

Thursday, June 9, 2011

शेक्सपियरको Sonnet 17


आउने समयहरुमा कसले मेरो कवितामा विश्वास गर्ला, यदि यसमा तिम्रो उच्च प्रसंसा मात्रै भरिएको छ भने? तर
इश्वरलाई थाहा छ, यो कविता सिवाय एक कब्र हो जसले तिम्रो आचरणलाई लुकाएको छ, र तिम्रो आधा भाग पनि
खुलाएको छैन |

यदि मैले तिम्रो नयनको मनोहरताको बयान गरौं र ताजा सुरहरुमा तिम्रो शोभाको गणना गरौं त भविस्यले भन्ने
छ, "यो कविले झुटो बोलेछ; यस्तो स्वर्गीय स्पर्सले कुनै धर्तीको अनुहारलाई छोएको थिएन |"

त्यसैले यदि मेरा कागजहरु पहेलो पुरानो भइ निरर्थक बचन बोल्ने वृद्धहरु झैं तिरस्कृत भए, र तिम्रो पूर्ण
अधिकारलाई एक कविको भावुकताको संज्ञा दिए, एउटा पुरानो गाना को जटिल छंद भनिए :

तेतिबेला तिम्रो कुनै वंशज भए तिम्रो दुईवटा अस्तित्व रहने छ -- तिम्रो वंशजमा अनि मेरो गीतमा |

- समाप्त -

Saturday, May 14, 2011

गरीवको जीवन

एकदिन एकदमै धनीवावुले उनको छोरालाई गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देखाउन एक गाउँमा लिएर गएछन् । गाउँमा उनीहरु एकजना एकदमै गरिव मानिसको घरमा वसेछन् र केहीदिनको वसाईपछि उनीहरु आफ्नै घर फर्केछन्। वाटोमा वावुले छोरालाई सोधेछन्: “वावु, कस्तो लाग्यो त हाम्रो यात्रा ? "

“एकदमै रमाईलो लाग्यो वावा” - छोराले जवाफ दिएछ।

“अव त तिमीले गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देख्यौ हैन त ?” - वाउले छोरालाई सोधेछन्।

“हो वावा” - छोराले जवाफ दिएछ।

“उसोभए भन त, तिमीले यो यात्रावाट के कुरा सिक्यौ ?”- वाउले छोरालाई सोधेछन्।

Tuesday, May 10, 2011

शेक्सपियरको Sonnet 5

- सुदर्शन गुरुवाचार्य -

***
त्यही समयको प्रक्रिया जसले तिम्रो सुन्दर मुहार बनायो, जुन आज सबैले हेर्न रुचाऊछन्, कुनै दिन त्यही मुहारमा तानाशाही बन्ने छ, र तिम्रो सुन्दरतालाई कुरूपतामा बदल्नेछ ।

सधै चलायमान समयले ग्रिष्मलाई शिशिरतिर लगि उसको बिनाश गर्छ -- उसको रस सबै जमेको र कामुक पातहरु सबै ओइलाएको, उसको सौन्दर्य हिऊले पुरिएको, र सबै ठाउँ उजाड ।

ग्रिष्मको आसवन (distillation) कॉचको भित्ता भित्र कैद नभएको भए ग्रिष्मको सौन्दर्य ग्रिष्मसँगै हराउथ्यो, अनि ऊ र ऊ के थियो भनि सम्झाउने माध्यम नहुने थियो ।

शिशिरलाई भेटि फूलहरु ओइलाएपनि, फूलहरुको आसवनमा उनीहरुको सुगन्ध सधै बाँचीरहने छ ।

***

Thursday, May 5, 2011

रिसलाई काबु


- सपना लोहनी -
***
एउटा साह्रै रिसालु केटा रहेछ । एकदिन उसको बाबुले एक झोला किला दिंदै भनेछ "हेर वावु, तिमीलाई जति बेला रिस उठ्छ हरेक पटक एउटा किला त्यो भित्तामा ठोक्नु ।"

पहिलो दिन त्यो केटाले ३७ वटा किला ठोकेछ । त्यसपछिको केही हफ्तामा उसले बिस्तारै आफ्नो रिस थाम्न सिक्दै गएछ र भित्तामा किला ठोक्ने क्रम पनि बिस्तारै घट्दै गएछ । त्यो भित्तामा किला ठोक्नु भन्दा आफ्नो रिसलाई काबु गर्न सझिलो उसले महसुस गर्न थालेछ । अन्त्यमा एक दिन उसले एउटा किला पनि ठोक्नु नपरेको दिन पनि आएछ । उसले खुशी भएर आफ्नो बाबुलाई त्यो कुरा सुनाएछ । यस पटक बाबुले भनेछ "अब जुन-जुन दिन तिमीलाई एक पटक पनि रिस उठ्दैन त्यो भित्ताबाट एउटा किला निकाल्नु ।"

Monday, May 2, 2011

शेक्सपियरको Sonnet 13

- सुदर्शन गुरुवाचार्य -

***
चाहना छ कि तिमी तिमी नै रही रहोस! तर, प्रिये, जसरी तिमी यहाँ भएर पनि यहाँ छैनौ, त्यसरी नै तिमी आफू भएर आफ्नो हुन सक्दैनौ: यो आउँदो अन्त्यको लागि तयारी गर र तिम्रो मीठो स्वरुप अरु कसैलाई सुम्प|

तिमीले भाडामा लिएको सुन्दरता रिक्तियो भने: तिमी तिमी नै रही रहने छौ तिम्रो अन्त्यपछि, जब तिम्रा सुन्दर सन्तानहरुले तिम्रो सुन्दरता अपनाऊने छन|

कसले यति राम्रो घरलाई जिर्ण हुन दिन्छ, जब मरमत  सम्भारले यसलाई शिशिरको हिउदे बतास र मृत्युको अनन्त चिसो क्रोधलाई खप्न सक्ने बनाउछ|

बिलासीहरु बाहेक कसैले यसो गर्दैन! प्रिये, तिमीलाई थाहा छ तिम्रो बुवा छ भनेर: अब तिम्रो छोरालाई पनि त्यहि भन्ने मौका देऊ|
- समाप्त -

Friday, April 29, 2011

सेवादिनेलाई सम्झ

त्यो वेला आईसक्रिम सस्तो मै पाईन्थ्यो। एक १० वर्षको वच्चा ‘फलफूल मिसाएको आईसक्रिम' (Sundae) खाने विचारले होटलको कफी पसलमा पस्यो र एक टेवलमा वस्यो। सदाझैं होटलमा आएका ग्राहकलाई सेवा गर्न वेरा (waitress) पानीको ग्लास लिएर वच्चा वसेको टेवलमा पुगी। वच्चाले फलफूल मिसाएको आईसक्रिमको कति पर्दछ भनेर सोध्यो । वेराले ‘५० पैसा’ भनेर जवाफ दिई।

वच्चाले खल्तिवाट सिक्का झिक्यो र गन्न थाल्यो। उसले वेरालाई ‘सादा आईसक्रिम’को कति पर्छ ?’ भनेर प्रतिप्रश्न गर्यो। त्यो वेलासम्म पसलमा अरु ग्राहकहरु आईसकेका थिए। यस्तो वेला वच्चाले उसलाई अल्मलाई रहेकोले वेराको धर्यता गुम्दै गईरहेको थियो । “३५ पैसा”- वेराले झर्कदै जवाफ दिई।

Sunday, April 24, 2011

कुकी चोर

एक रात एकजना महिला एयरपोर्टमा हवाईजहाज कुरेर वसिरहेकी थिईन्। उनको जहाज उड्ने समय आउन धेरैवाँकि रहेकोले उनले समय विताउन एयरपोर्टभित्रको कितावपसलमा गएर एक किताव किनिन्। कितावका अलवा उनले कुकि पनि किनिन्। किनमेलपछि एयरपोर्टको एक कुनामा गएर किताव पढ्न थालिन्। यतिकैमा उनिसँगै वसेको एकजना मान्छेले उनको व्यागवाट एक दुईवटा कुकिज झिक्दै खाँदै गरेको महसुस उनले गरिन। तर उनले त्यसलाई नदेखे झैं गरिदिईन्। उनले पनि पढ्दै कुरुम कुरुम पार्दै कुकिज खान थालिन। आफ्न कुकी खाईदिएकोमा उनलाई रिस उठीरहेको थियो। रिस मेटाउन उनि घरि-घरि घडि हेर्ने गर्थिन् । तर त्यो कुकि चोरले उनको कुकि खाईनै रहेको थियो। उनले मनमनै सोच्न थालिन्: " म जस्तो असल मान्छे नभएको हो भने यो चोरको आँखा फूटाईदिन्थ्यो होला!"। उनले कुकी खाईरहिन, चोरले पनि खाइदिरह्यो।

Saturday, April 23, 2011

प्रयोगशाला किन ?

सिर्जना कहिल्यै मर्दैनन् वरु जागिरहन्छन्। ति त एक कोखमा जन्मेर धेरै काखमा हुर्किन सक्छन्। यो व्लग त्यस्तै एक काख हो जहाँ अरुका कोखवाट जन्मेका सिर्जनाले नेपाली काख पाउँनेछन्।

दिनहुँ धेरै लेख रचना पढिन्छन् । यि लेख आफ्ना भाषाका साथै अरु भाषाकापनि हुन्छन्। सवै नेपालीहरु अरुका भाषामा लेखेका ति मिठा रचना पढ्न सक्दैनन्। अरु भाषामा जन्मेका ति खुराकलाई नेपाली भाषामा राखिदिदा भोका नेपाली पाठकहरुलाई राम्रो खजाना हुने हेतुले यो प्रयोगसालाको उत्पति भएको हो।

यो व्लगलाई तपाईंको सहयोग चाहिएको छ। यदि तपाईं आफूले पढेका लेख रचनाहरुलाई नेपालीमा लेखेर पाठकसामु राख्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस। अहिलेको योजना भनेको अरु भाषाका कथाहरुलाई नेपालीमा उल्था गरेर राख्ने नै हो। नयाँ-नयाँ प्रयोगको ढोका खुल्लै छ। सम्पर्क ठेगाना: nbडटniraulaएटgmailडटcom ।