Showing posts with label नैतिक-कथा. Show all posts
Showing posts with label नैतिक-कथा. Show all posts

Saturday, July 2, 2011

प्रेम र विवाहको अर्थ

एउटा विध्यार्थीले गुरुलाई सोधेछ - “गुरु, यो माया / प्रेम भनेको के हो ?” । गुरुले भनेछन् - “ यो प्रश्नको जवाफ दिनुअघि तिमीले एक काम गर्नुपर्दछ। काम के भने तिमी गहुँवारीमा जाउ र त्यहाँको सवैभन्दा ठूलो गहुँ लिएर आउ। तर तिमीले कुनैपनि गहुँलाई एकपटक विचार गरीसकेपछी पुन: फर्केर ल्याउन भने पाउने छैनौ।”

त्यसपछी त्यो विध्यार्थी गहुँवारीमा गएछ र हेर्दै अघि वढ्दै गरेछ। उसले एउटा ठूलो गहुँ देखेछ तर उसलाई लागेछ: यो भन्दा ठूलो गहुँ पाउन पनि सक्छ...। उसले अगाडि वढ्दा अर्को झनै ठूलो गहुँ भेटेछ। यो पालीपनि उसलाई लागेछ: ठूला गहुँहरु भेटिदैछन्। यो भन्दा पनि ठूलो गहुँ भेटिनेछ ।

अगाडि वढ्ने क्रममा गहुँवारीको विचतिर पुग्दा अगाडि भेटेको गहुँ नै लिनुपर्ने रहेछ त्यो नै ठूलो थियो भन्ने लाग्न थालेछ। यस्तै सोच्दासोच्दै उ वारिको पल्लो छेउमा पुगेछ। अनि गुरुकहाँ विना गहुँ रित्तो हात फर्केछ।

Friday, June 17, 2011

प्रार्थना गरेको हात

- रस्मी कार्की पुरी -

१५ शताब्दी तिरको कुरा हो, नुरेम्बेर्ग नजिकैको एउटा सानो गाँउमा एउटा सुनारको ठुलो परिवार बस्थ्यो । सुनारको १८ जना सन्तान थिए जसको लालन पालनको लागि उनलाई दैनिक १८ घण्टा आफ्नो सुनारीमा बिताउनु पर्थ्यो भने बाँकी समय चाँही उनी आफ्नो छिमेकीहरुको घरमा निमेकी गर्दथे। गरीब भएर यस्तो दु:ख सुखले जीवन गुजारिरहेको यस परिवारको १८ मध्ये २ जना छोराहरु अल्ब्रेच्ट डुरेर र अल्बेर्टलाई कलामा ठूलो शोख थियो । उनीहरु दुबै जना आफ्नो शोखलाई पूर्ण गर्नको निम्ति नुरेम्बेर्गको कलाको स्कूलमा अध्ययन गर्न चाहन्थे । तर आफ्नो आर्थिक अवस्थाको कारणले गर्दा उनीहरुका बाबुले उनीहरुलाई नुरेम्बेर्गको कलाको स्कूलमा पठाउन सक्दैनन् भन्ने उनीहरुलाई राम्रोसँग ज्ञान थियो ।

अनगिन्ती लामा छलफलहरु पछि एक रात दुबै जना दाजुभाईले आफ्नो पढ्ने ईच्छा पुरा गर्न एउटा जुक्ती गर्छन् । एउटा सिक्का उछालेर आफ्नो भविस्यको बारेमा निर्णय गर्ने - जस अनुसार जसले जित्छ ऊ पढ्नको लागि नुरेम्बेर्ग जान्छ, अनी अर्कोले उसको पढाईको खर्च नजिकैको खानीमा दिन रात काम गरेर जुटाउँछ , अनि अर्को भाई आफ्नो चार बर्षको पढाई पूरा गरे पछि आफ्नो क्षेत्रमा काम गरेर अथवा खानिमै गएर भए पनि काम गरेर अर्कोलाई पढाउनु पर्नेछ ।

Thursday, May 5, 2011

रिसलाई काबु


- सपना लोहनी -
***
एउटा साह्रै रिसालु केटा रहेछ । एकदिन उसको बाबुले एक झोला किला दिंदै भनेछ "हेर वावु, तिमीलाई जति बेला रिस उठ्छ हरेक पटक एउटा किला त्यो भित्तामा ठोक्नु ।"

पहिलो दिन त्यो केटाले ३७ वटा किला ठोकेछ । त्यसपछिको केही हफ्तामा उसले बिस्तारै आफ्नो रिस थाम्न सिक्दै गएछ र भित्तामा किला ठोक्ने क्रम पनि बिस्तारै घट्दै गएछ । त्यो भित्तामा किला ठोक्नु भन्दा आफ्नो रिसलाई काबु गर्न सझिलो उसले महसुस गर्न थालेछ । अन्त्यमा एक दिन उसले एउटा किला पनि ठोक्नु नपरेको दिन पनि आएछ । उसले खुशी भएर आफ्नो बाबुलाई त्यो कुरा सुनाएछ । यस पटक बाबुले भनेछ "अब जुन-जुन दिन तिमीलाई एक पटक पनि रिस उठ्दैन त्यो भित्ताबाट एउटा किला निकाल्नु ।"

Friday, April 29, 2011

सेवादिनेलाई सम्झ

त्यो वेला आईसक्रिम सस्तो मै पाईन्थ्यो। एक १० वर्षको वच्चा ‘फलफूल मिसाएको आईसक्रिम' (Sundae) खाने विचारले होटलको कफी पसलमा पस्यो र एक टेवलमा वस्यो। सदाझैं होटलमा आएका ग्राहकलाई सेवा गर्न वेरा (waitress) पानीको ग्लास लिएर वच्चा वसेको टेवलमा पुगी। वच्चाले फलफूल मिसाएको आईसक्रिमको कति पर्दछ भनेर सोध्यो । वेराले ‘५० पैसा’ भनेर जवाफ दिई।

वच्चाले खल्तिवाट सिक्का झिक्यो र गन्न थाल्यो। उसले वेरालाई ‘सादा आईसक्रिम’को कति पर्छ ?’ भनेर प्रतिप्रश्न गर्यो। त्यो वेलासम्म पसलमा अरु ग्राहकहरु आईसकेका थिए। यस्तो वेला वच्चाले उसलाई अल्मलाई रहेकोले वेराको धर्यता गुम्दै गईरहेको थियो । “३५ पैसा”- वेराले झर्कदै जवाफ दिई।

Sunday, April 24, 2011

कुकी चोर

एक रात एकजना महिला एयरपोर्टमा हवाईजहाज कुरेर वसिरहेकी थिईन्। उनको जहाज उड्ने समय आउन धेरैवाँकि रहेकोले उनले समय विताउन एयरपोर्टभित्रको कितावपसलमा गएर एक किताव किनिन्। कितावका अलवा उनले कुकि पनि किनिन्। किनमेलपछि एयरपोर्टको एक कुनामा गएर किताव पढ्न थालिन्। यतिकैमा उनिसँगै वसेको एकजना मान्छेले उनको व्यागवाट एक दुईवटा कुकिज झिक्दै खाँदै गरेको महसुस उनले गरिन। तर उनले त्यसलाई नदेखे झैं गरिदिईन्। उनले पनि पढ्दै कुरुम कुरुम पार्दै कुकिज खान थालिन। आफ्न कुकी खाईदिएकोमा उनलाई रिस उठीरहेको थियो। रिस मेटाउन उनि घरि-घरि घडि हेर्ने गर्थिन् । तर त्यो कुकि चोरले उनको कुकि खाईनै रहेको थियो। उनले मनमनै सोच्न थालिन्: " म जस्तो असल मान्छे नभएको हो भने यो चोरको आँखा फूटाईदिन्थ्यो होला!"। उनले कुकी खाईरहिन, चोरले पनि खाइदिरह्यो।