Saturday, May 14, 2011

गरीवको जीवन

एकदिन एकदमै धनीवावुले उनको छोरालाई गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देखाउन एक गाउँमा लिएर गएछन् । गाउँमा उनीहरु एकजना एकदमै गरिव मानिसको घरमा वसेछन् र केहीदिनको वसाईपछि उनीहरु आफ्नै घर फर्केछन्। वाटोमा वावुले छोरालाई सोधेछन्: “वावु, कस्तो लाग्यो त हाम्रो यात्रा ? "

“एकदमै रमाईलो लाग्यो वावा” - छोराले जवाफ दिएछ।

“अव त तिमीले गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देख्यौ हैन त ?” - वाउले छोरालाई सोधेछन्।

“हो वावा” - छोराले जवाफ दिएछ।

“उसोभए भन त, तिमीले यो यात्रावाट के कुरा सिक्यौ ?”- वाउले छोरालाई सोधेछन्।

Tuesday, May 10, 2011

शेक्सपियरको Sonnet 5

- सुदर्शन गुरुवाचार्य -

***
त्यही समयको प्रक्रिया जसले तिम्रो सुन्दर मुहार बनायो, जुन आज सबैले हेर्न रुचाऊछन्, कुनै दिन त्यही मुहारमा तानाशाही बन्ने छ, र तिम्रो सुन्दरतालाई कुरूपतामा बदल्नेछ ।

सधै चलायमान समयले ग्रिष्मलाई शिशिरतिर लगि उसको बिनाश गर्छ -- उसको रस सबै जमेको र कामुक पातहरु सबै ओइलाएको, उसको सौन्दर्य हिऊले पुरिएको, र सबै ठाउँ उजाड ।

ग्रिष्मको आसवन (distillation) कॉचको भित्ता भित्र कैद नभएको भए ग्रिष्मको सौन्दर्य ग्रिष्मसँगै हराउथ्यो, अनि ऊ र ऊ के थियो भनि सम्झाउने माध्यम नहुने थियो ।

शिशिरलाई भेटि फूलहरु ओइलाएपनि, फूलहरुको आसवनमा उनीहरुको सुगन्ध सधै बाँचीरहने छ ।

***

Thursday, May 5, 2011

रिसलाई काबु


- सपना लोहनी -
***
एउटा साह्रै रिसालु केटा रहेछ । एकदिन उसको बाबुले एक झोला किला दिंदै भनेछ "हेर वावु, तिमीलाई जति बेला रिस उठ्छ हरेक पटक एउटा किला त्यो भित्तामा ठोक्नु ।"

पहिलो दिन त्यो केटाले ३७ वटा किला ठोकेछ । त्यसपछिको केही हफ्तामा उसले बिस्तारै आफ्नो रिस थाम्न सिक्दै गएछ र भित्तामा किला ठोक्ने क्रम पनि बिस्तारै घट्दै गएछ । त्यो भित्तामा किला ठोक्नु भन्दा आफ्नो रिसलाई काबु गर्न सझिलो उसले महसुस गर्न थालेछ । अन्त्यमा एक दिन उसले एउटा किला पनि ठोक्नु नपरेको दिन पनि आएछ । उसले खुशी भएर आफ्नो बाबुलाई त्यो कुरा सुनाएछ । यस पटक बाबुले भनेछ "अब जुन-जुन दिन तिमीलाई एक पटक पनि रिस उठ्दैन त्यो भित्ताबाट एउटा किला निकाल्नु ।"

Monday, May 2, 2011

शेक्सपियरको Sonnet 13

- सुदर्शन गुरुवाचार्य -

***
चाहना छ कि तिमी तिमी नै रही रहोस! तर, प्रिये, जसरी तिमी यहाँ भएर पनि यहाँ छैनौ, त्यसरी नै तिमी आफू भएर आफ्नो हुन सक्दैनौ: यो आउँदो अन्त्यको लागि तयारी गर र तिम्रो मीठो स्वरुप अरु कसैलाई सुम्प|

तिमीले भाडामा लिएको सुन्दरता रिक्तियो भने: तिमी तिमी नै रही रहने छौ तिम्रो अन्त्यपछि, जब तिम्रा सुन्दर सन्तानहरुले तिम्रो सुन्दरता अपनाऊने छन|

कसले यति राम्रो घरलाई जिर्ण हुन दिन्छ, जब मरमत  सम्भारले यसलाई शिशिरको हिउदे बतास र मृत्युको अनन्त चिसो क्रोधलाई खप्न सक्ने बनाउछ|

बिलासीहरु बाहेक कसैले यसो गर्दैन! प्रिये, तिमीलाई थाहा छ तिम्रो बुवा छ भनेर: अब तिम्रो छोरालाई पनि त्यहि भन्ने मौका देऊ|
- समाप्त -