Friday, September 14, 2012

एक सिपाहीको कथा


यो भियतनाम युद्दमा लडेर फर्केको  एक अमेरिकन सिपाहीको कथा हो। लडाई सकेर San Francisco सहर  फर्कनासाथ त्यहाँबाट उसले आफ्ना वुवा-आमालाई फोन गरेछ  र भनेछ :  "बुवा-आमा  म San Francisco आइपुगें। अब घर फर्किदै छु" ।  उ घर फर्किन लागेको  कुरासुनेर वुवाआमा निकै खुसी भएछन्।

"अँ साँच्ची, मसँग मेरो साथी पनि आउछ" - उसले  वुवाआमा भनेछ। "भैजान्छ नि । तिम्रो साथीलाई भेट्न हामीलाई पनि मन छ" - बुवाआमाले भनेछन ।