Showing posts with label आफ्नै-कुरा. Show all posts
Showing posts with label आफ्नै-कुरा. Show all posts

Saturday, April 23, 2011

प्रयोगशाला किन ?

सिर्जना कहिल्यै मर्दैनन् वरु जागिरहन्छन्। ति त एक कोखमा जन्मेर धेरै काखमा हुर्किन सक्छन्। यो व्लग त्यस्तै एक काख हो जहाँ अरुका कोखवाट जन्मेका सिर्जनाले नेपाली काख पाउँनेछन्।

दिनहुँ धेरै लेख रचना पढिन्छन् । यि लेख आफ्ना भाषाका साथै अरु भाषाकापनि हुन्छन्। सवै नेपालीहरु अरुका भाषामा लेखेका ति मिठा रचना पढ्न सक्दैनन्। अरु भाषामा जन्मेका ति खुराकलाई नेपाली भाषामा राखिदिदा भोका नेपाली पाठकहरुलाई राम्रो खजाना हुने हेतुले यो प्रयोगसालाको उत्पति भएको हो।

यो व्लगलाई तपाईंको सहयोग चाहिएको छ। यदि तपाईं आफूले पढेका लेख रचनाहरुलाई नेपालीमा लेखेर पाठकसामु राख्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस। अहिलेको योजना भनेको अरु भाषाका कथाहरुलाई नेपालीमा उल्था गरेर राख्ने नै हो। नयाँ-नयाँ प्रयोगको ढोका खुल्लै छ। सम्पर्क ठेगाना: nbडटniraulaएटgmailडटcom ।