Sunday, June 9, 2013

कानी आमा


एउटा गाउँमा एउटा केटा थियो जो आफ्नो एउटा आँखा भएको आमासँग बस्ने गर्दथ्यो । हरेक दिन ऊसको आमाले उसलाई स्कुल पुर्याउन जाने गर्थिन । उसका सबै साथिहरूले उसलाई गिज्याउने ... गर्दथे र कोहि पनि उसंग साथि बन्न खोज्दैनथे । उनिहरुले उसको आमलाई "कानी" भनेर बोलाऊँथे ।

साथीहरुको घ्रिणाले गर्दा ऊसको दिमाग्मा नकारात्मक छाप बस्न गयो र आफ्नै जन्म दिने आमलाई घ्रिणाको दृष्टिले हेर्न थाल्यो । त्यसैले उसले कडा मेहेनेत गर्यो, राम्रो सँग पढ्यो, शहर प्लायन भयो र उतै घरजम गरेर बस्यो । उस्को आमाले लाख कोशिश् गर्दा पनि उ फर्किएन । केही सिप नलागे पछी छोरा र ऊसको परिवारलाई भेट्न आँफै जाने निदो गरिन । अन्तत: उनी छोरा भएको ठाउँमा पुगिन र छोराले ढोका खोल्यो र रिसाउँदै भन्यो- छोरा: तपाईं किन यहाँ आउनु भएको तपाईंलाई म यति घ्रिणागर्छु की म आफै ब्यक्त गर्न सक्दिन । ...उसका छोरा-छोरीहरूले ती आँखा नभएकी बुढी बजैलाई देखेर भने- छोरा-छोरी: बाबा को हो यो आँखा नभएको राक्षस जस्तो ?