Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Tuesday, July 19, 2011

शेक्सपियरको Sonnet 23


रंगमंचमा एक असिद्ध कलाकार झैँ जो डरले अफ्नो भाग बिर्सन्छ, अथवा कुनै क्रोधले भरिएको हिंसात्मक मानिस झैँ जसको बलको बाहुल्यले उसकै मनलाई कम्जोर बनाउछ --

त्यसैगरी म, बिना अत्मबिस्वास, सही समारोहमा प्रेमको रीति बोल्न बिर्सन्छु, र आफ्नै प्रेमको बलले, आफ्नै प्रेमको बोझले, क्षीण हुन्छु |

त्यसैले मेरा किताबहरु मेरो वाक्पटुता बनुन्, मेरो बोलिराख्ने मनका मौन सगुणहरु, जसले प्रेमको वकालत गर्छ, र भरपाई खोज्छ, र मेरो जिब्रोले भन्दा बडी अभिव्यक्त गर्छ |

त्यसैले नि:शब्द प्रेमले लेखिएको कुरा पढ्न सिक -- आँखाले सुन्न सक्नु नै प्रेमको श्रेष्ठ प्रतिभा हो |

- समाप्त -

Thursday, June 9, 2011

शेक्सपियरको Sonnet 17


आउने समयहरुमा कसले मेरो कवितामा विश्वास गर्ला, यदि यसमा तिम्रो उच्च प्रसंसा मात्रै भरिएको छ भने? तर
इश्वरलाई थाहा छ, यो कविता सिवाय एक कब्र हो जसले तिम्रो आचरणलाई लुकाएको छ, र तिम्रो आधा भाग पनि
खुलाएको छैन |

यदि मैले तिम्रो नयनको मनोहरताको बयान गरौं र ताजा सुरहरुमा तिम्रो शोभाको गणना गरौं त भविस्यले भन्ने
छ, "यो कविले झुटो बोलेछ; यस्तो स्वर्गीय स्पर्सले कुनै धर्तीको अनुहारलाई छोएको थिएन |"

त्यसैले यदि मेरा कागजहरु पहेलो पुरानो भइ निरर्थक बचन बोल्ने वृद्धहरु झैं तिरस्कृत भए, र तिम्रो पूर्ण
अधिकारलाई एक कविको भावुकताको संज्ञा दिए, एउटा पुरानो गाना को जटिल छंद भनिए :

तेतिबेला तिम्रो कुनै वंशज भए तिम्रो दुईवटा अस्तित्व रहने छ -- तिम्रो वंशजमा अनि मेरो गीतमा |

- समाप्त -

Tuesday, May 10, 2011

शेक्सपियरको Sonnet 5

- सुदर्शन गुरुवाचार्य -

***
त्यही समयको प्रक्रिया जसले तिम्रो सुन्दर मुहार बनायो, जुन आज सबैले हेर्न रुचाऊछन्, कुनै दिन त्यही मुहारमा तानाशाही बन्ने छ, र तिम्रो सुन्दरतालाई कुरूपतामा बदल्नेछ ।

सधै चलायमान समयले ग्रिष्मलाई शिशिरतिर लगि उसको बिनाश गर्छ -- उसको रस सबै जमेको र कामुक पातहरु सबै ओइलाएको, उसको सौन्दर्य हिऊले पुरिएको, र सबै ठाउँ उजाड ।

ग्रिष्मको आसवन (distillation) कॉचको भित्ता भित्र कैद नभएको भए ग्रिष्मको सौन्दर्य ग्रिष्मसँगै हराउथ्यो, अनि ऊ र ऊ के थियो भनि सम्झाउने माध्यम नहुने थियो ।

शिशिरलाई भेटि फूलहरु ओइलाएपनि, फूलहरुको आसवनमा उनीहरुको सुगन्ध सधै बाँचीरहने छ ।

***

Monday, May 2, 2011

शेक्सपियरको Sonnet 13

- सुदर्शन गुरुवाचार्य -

***
चाहना छ कि तिमी तिमी नै रही रहोस! तर, प्रिये, जसरी तिमी यहाँ भएर पनि यहाँ छैनौ, त्यसरी नै तिमी आफू भएर आफ्नो हुन सक्दैनौ: यो आउँदो अन्त्यको लागि तयारी गर र तिम्रो मीठो स्वरुप अरु कसैलाई सुम्प|

तिमीले भाडामा लिएको सुन्दरता रिक्तियो भने: तिमी तिमी नै रही रहने छौ तिम्रो अन्त्यपछि, जब तिम्रा सुन्दर सन्तानहरुले तिम्रो सुन्दरता अपनाऊने छन|

कसले यति राम्रो घरलाई जिर्ण हुन दिन्छ, जब मरमत  सम्भारले यसलाई शिशिरको हिउदे बतास र मृत्युको अनन्त चिसो क्रोधलाई खप्न सक्ने बनाउछ|

बिलासीहरु बाहेक कसैले यसो गर्दैन! प्रिये, तिमीलाई थाहा छ तिम्रो बुवा छ भनेर: अब तिम्रो छोरालाई पनि त्यहि भन्ने मौका देऊ|
- समाप्त -