Tuesday, May 10, 2011

शेक्सपियरको Sonnet 5

- सुदर्शन गुरुवाचार्य -

***
त्यही समयको प्रक्रिया जसले तिम्रो सुन्दर मुहार बनायो, जुन आज सबैले हेर्न रुचाऊछन्, कुनै दिन त्यही मुहारमा तानाशाही बन्ने छ, र तिम्रो सुन्दरतालाई कुरूपतामा बदल्नेछ ।

सधै चलायमान समयले ग्रिष्मलाई शिशिरतिर लगि उसको बिनाश गर्छ -- उसको रस सबै जमेको र कामुक पातहरु सबै ओइलाएको, उसको सौन्दर्य हिऊले पुरिएको, र सबै ठाउँ उजाड ।

ग्रिष्मको आसवन (distillation) कॉचको भित्ता भित्र कैद नभएको भए ग्रिष्मको सौन्दर्य ग्रिष्मसँगै हराउथ्यो, अनि ऊ र ऊ के थियो भनि सम्झाउने माध्यम नहुने थियो ।

शिशिरलाई भेटि फूलहरु ओइलाएपनि, फूलहरुको आसवनमा उनीहरुको सुगन्ध सधै बाँचीरहने छ ।

***

1 comment:

  1. तिम्रो अनुवाद पढेपछि उनको अंग्रेजीको सोनेट पढ्दा झन् वुझें मैंले त ।सानामा अंग्रेजी पढेको याद आयो -- यसैगरी पहिले नेपाली अनि अंग्रेजीमा पढ्थ्यौं हामीहरु :)। निकै गार्हो छ सोनेटहरुलाई नेपालीमा उल्था गर्न त ...

    ReplyDelete