एकदिन एकदमै धनीवावुले उनको छोरालाई गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देखाउन एक गाउँमा लिएर गएछन् । गाउँमा उनीहरु एकजना एकदमै गरिव मानिसको घरमा वसेछन् र केहीदिनको वसाईपछि उनीहरु आफ्नै घर फर्केछन्। वाटोमा वावुले छोरालाई सोधेछन्: “वावु, कस्तो लाग्यो त हाम्रो यात्रा ? "
“एकदमै रमाईलो लाग्यो वावा” - छोराले जवाफ दिएछ।
“अव त तिमीले गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देख्यौ हैन त ?” - वाउले छोरालाई सोधेछन्।
“हो वावा” - छोराले जवाफ दिएछ।
“उसोभए भन त, तिमीले यो यात्रावाट के कुरा सिक्यौ ?”- वाउले छोरालाई सोधेछन्।
छोराले जवाफ यसरी दिएछ - “मैले के देखें भने हाम्रो घरमा एउटा कुकुर छ, तिनीहरुकोमा ४ वटा रहेछन्। हाम्रो घरको पोखरी वगैंचाको आधिसम्म मात्र पुग्छ तर तिनीहरुकोमा त पल्लोछेउ नदेखिने एकदमै ठूलो ताल रहेछ। हाम्रो वगैचामा मगाइएका लालटिन मात्र छन्, तिनीहरुकोमा त तारा नै आउने रहेछन् राती। हाम्रो आँगन वगैंचासम्म मात्र फैलिएको छ तर तिनीहरुको त कति खुल्ला, क्षितिजसम्म पुग्ने रहेछ। हाम्रो जग्गा सानो छ तर तिनीहरुको त आँखाले नभ्याउने जग्गा पो रहेछ। हामीले कामगर्न नसकेर नोकर राखेका छौ, तिनीहरु आफूलाई त के अरुलाई पनि सघाउँदा सक्दा रहेछन्। हामीले खानेकुरा पनि किन्नुपर्छ तिनीहरु त आफैं उव्जाउन सक्ने रहेछन्। हाम्रो सम्पत्ति जोगाउन पर्खाल लगाउनुपर्छ तिनीहरुलाई त के को डर, साथीहरुले नै सघाईदिंदा रहेछन् ”।
छोराको कुरा सुनेर वावु अवाक भएछन्। यतिकैमा छोराले थपेछ: “हामी कति गरीव रहेछौं भन्ने कुरा देखाउन ल्याउनु भएकोमा धेरै-धेरै धन्यवाद वावा ।”
Original Title: How the poor live
Written Date: September 16th, 2009
URL: http://academictips.org
Crawled Date: May 10, 2011
Image Source: Flicker

*** समाप्त ***
Original Writer: StephenOriginal Title: How the poor live
Written Date: September 16th, 2009
URL: http://academictips.org
Crawled Date: May 10, 2011
Image Source: Flicker
कथा एकदम राम्रो लग्यो| यसरी नै लेख्दै जाऊ नोबल| अब अर्को लघुकथा कहिले आउने हो?
ReplyDeleteअव आउँछ है छिट्टै ...
ReplyDeleteI have a question, how do you put the purnabiram sign using google transliterate?
ReplyDeleteSud, I use Unicode from Madan Puraskar and I just need to use . to get purnabiram...Google ma ta aunna kyaho ...
ReplyDeleteSud, yo link use gareu bhane purnabiram is in the list of signs !!
ReplyDeletehttp://www.unicodenepali.com/unicodenepali/Release/Convert.aspx
धेरै धेरै धन्यवाद साथिहरु हो !!
ReplyDelete