- सपना लोहनी -
***
एउटा साह्रै रिसालु केटा रहेछ । एकदिन उसको बाबुले एक झोला किला दिंदै भनेछ "हेर वावु, तिमीलाई जति बेला रिस उठ्छ हरेक पटक एउटा किला त्यो भित्तामा ठोक्नु ।"पहिलो दिन त्यो केटाले ३७ वटा किला ठोकेछ । त्यसपछिको केही हफ्तामा उसले बिस्तारै आफ्नो रिस थाम्न सिक्दै गएछ र भित्तामा किला ठोक्ने क्रम पनि बिस्तारै घट्दै गएछ । त्यो भित्तामा किला ठोक्नु भन्दा आफ्नो रिसलाई काबु गर्न सझिलो उसले महसुस गर्न थालेछ । अन्त्यमा एक दिन उसले एउटा किला पनि ठोक्नु नपरेको दिन पनि आएछ । उसले खुशी भएर आफ्नो बाबुलाई त्यो कुरा सुनाएछ । यस पटक बाबुले भनेछ "अब जुन-जुन दिन तिमीलाई एक पटक पनि रिस उठ्दैन त्यो भित्ताबाट एउटा किला निकाल्नु ।"
समय बित्दै गएछ र एक दिन त्यहाँ भएको सबै किला निकालेको कुरा उसले आफ्नो बाबुलाई भन्न सफल भएछ । त्यसदिन उसको बाबुले छोराको हात समातेर त्यो भित्ता भएको ठाउँमा लगेछ र भित्तातिर देखाउँदै भनेछ "छोरा तिमीले राम्रो गरेछौ, तर त्यो भित्तामा भएको प्वालहरु हेर त । त्यो भित्ता अब कहिले पनि पहिलाको जस्तो हुन सक्दैन । जब तिमी रिसमा केही कुरा भन्छौ, त्यसले यस्तै निसान बनाउँछ । तिमीले कसैमाथि छुरा रोपेर सझिलै निकाल्न सक्छौ तर त्यसपछि जति पटक माफी मागे पनि त्यो घाउ रहिरहन्छ । त्यसैले अब देखि त्यस्तो पछुताउनु पर्ने केही भन्नुअघि आफ्नो रिस काबुमा राख्न नविर्सनु ।"
- समाप्त -
Original Writer: StephenOriginal Title: Temper Control
Written Date: October 22nd, 2008
URL: http://academictips.org/
Crawled Date: May 4, 2010
Picture URL:
No comments:
Post a Comment