Tuesday, July 19, 2011

शेक्सपियरको Sonnet 23


रंगमंचमा एक असिद्ध कलाकार झैँ जो डरले अफ्नो भाग बिर्सन्छ, अथवा कुनै क्रोधले भरिएको हिंसात्मक मानिस झैँ जसको बलको बाहुल्यले उसकै मनलाई कम्जोर बनाउछ --

त्यसैगरी म, बिना अत्मबिस्वास, सही समारोहमा प्रेमको रीति बोल्न बिर्सन्छु, र आफ्नै प्रेमको बलले, आफ्नै प्रेमको बोझले, क्षीण हुन्छु |

त्यसैले मेरा किताबहरु मेरो वाक्पटुता बनुन्, मेरो बोलिराख्ने मनका मौन सगुणहरु, जसले प्रेमको वकालत गर्छ, र भरपाई खोज्छ, र मेरो जिब्रोले भन्दा बडी अभिव्यक्त गर्छ |

त्यसैले नि:शब्द प्रेमले लेखिएको कुरा पढ्न सिक -- आँखाले सुन्न सक्नु नै प्रेमको श्रेष्ठ प्रतिभा हो |

- समाप्त -

Saturday, July 2, 2011

प्रेम र विवाहको अर्थ

एउटा विध्यार्थीले गुरुलाई सोधेछ - “गुरु, यो माया / प्रेम भनेको के हो ?” । गुरुले भनेछन् - “ यो प्रश्नको जवाफ दिनुअघि तिमीले एक काम गर्नुपर्दछ। काम के भने तिमी गहुँवारीमा जाउ र त्यहाँको सवैभन्दा ठूलो गहुँ लिएर आउ। तर तिमीले कुनैपनि गहुँलाई एकपटक विचार गरीसकेपछी पुन: फर्केर ल्याउन भने पाउने छैनौ।”

त्यसपछी त्यो विध्यार्थी गहुँवारीमा गएछ र हेर्दै अघि वढ्दै गरेछ। उसले एउटा ठूलो गहुँ देखेछ तर उसलाई लागेछ: यो भन्दा ठूलो गहुँ पाउन पनि सक्छ...। उसले अगाडि वढ्दा अर्को झनै ठूलो गहुँ भेटेछ। यो पालीपनि उसलाई लागेछ: ठूला गहुँहरु भेटिदैछन्। यो भन्दा पनि ठूलो गहुँ भेटिनेछ ।

अगाडि वढ्ने क्रममा गहुँवारीको विचतिर पुग्दा अगाडि भेटेको गहुँ नै लिनुपर्ने रहेछ त्यो नै ठूलो थियो भन्ने लाग्न थालेछ। यस्तै सोच्दासोच्दै उ वारिको पल्लो छेउमा पुगेछ। अनि गुरुकहाँ विना गहुँ रित्तो हात फर्केछ।