एउटा विध्यार्थीले गुरुलाई सोधेछ - “गुरु, यो माया / प्रेम भनेको के हो ?” । गुरुले भनेछन् - “ यो प्रश्नको जवाफ दिनुअघि तिमीले एक काम गर्नुपर्दछ। काम के भने तिमी गहुँवारीमा जाउ र त्यहाँको सवैभन्दा ठूलो गहुँ लिएर आउ। तर तिमीले कुनैपनि गहुँलाई एकपटक विचार गरीसकेपछी पुन: फर्केर ल्याउन भने पाउने छैनौ।”
त्यसपछी त्यो विध्यार्थी गहुँवारीमा गएछ र हेर्दै अघि वढ्दै गरेछ। उसले एउटा ठूलो गहुँ देखेछ तर उसलाई लागेछ: यो भन्दा ठूलो गहुँ पाउन पनि सक्छ...। उसले अगाडि वढ्दा अर्को झनै ठूलो गहुँ भेटेछ। यो पालीपनि उसलाई लागेछ: ठूला गहुँहरु भेटिदैछन्। यो भन्दा पनि ठूलो गहुँ भेटिनेछ ।
अगाडि वढ्ने क्रममा गहुँवारीको विचतिर पुग्दा अगाडि भेटेको गहुँ नै लिनुपर्ने रहेछ त्यो नै ठूलो थियो भन्ने लाग्न थालेछ। यस्तै सोच्दासोच्दै उ वारिको पल्लो छेउमा पुगेछ। अनि गुरुकहाँ विना गहुँ रित्तो हात फर्केछ।
विध्यार्थी रित्तो हात फर्कको देखेर गुरुले भनेछन्: “... प्रेम भनेको यही हो... तिमी अझै राम्रो भेटिन्छ कि भनेर हिड्दै गयौ अनि राम्रो पहिले नै छुटेको पत्ता पछि मात्र पायौ।”
यसैविच विध्यार्थीले सोधेछ: “उसो भए विवाह भनेको के हो त ? ”
गुरुले भनेछन्: “यो प्रश्नको जवाफ दिनुअघि तिमी फेरी मकैवारी जाउ र सवैभन्दा ठूलो मकै लिएर आउ। गहुँवारीमा जस्तै यो पाली पनि तिमी मकैवारीको अगाडि वढ्दै जाँदा पछाडि फर्कन भने पाउने छैनौं”।
गुरुले यति भने लगत्तै विध्यार्थी सवैभन्दा ठूलो मकैको खोजीमा मकैवारीमा गएछ। यो पाली भने उ गहुँ खोज्दाको जस्तो गल्ती नदोहोराउन सचेत थियो। मकैवारीको विचमा उसले एउटा ठूलो मकै भेटेछ । त्यो मकै सवैभन्दा ठूलो नहुनपनि सक्थ्यो तर उसले पछि यति ठूलो नभेटिनपनि सक्छ भनेर त्यसलाई नै विस्वास गरेछ। अनि त्यही लिएर गुरुकहाँ पुगेछ।
गुरुले भनेछन् “यो पाली तिमीले खालीहात नभई मकै लिएर आयौ। तिमीले सवैभन्दा ठूलो मकैलाई नकुरी ठिकैको तर भेटेसम्मको राम्रोमा विस्वास गर्यौ। …यस्तै हो विवाह।”

***
Original Writer: Unknown
Story and Image Source: Click here
Story and Image Source: Click here
ani saathi timi le chai kina makai ra gahu duwai na le baseko ?
ReplyDeletehehe. It's not about you and me or somebody; its about the explanation, my friend :).
ReplyDeletesathi le gahu liye sakyo aba makai khai khaile line ho ?
ReplyDeletegahu liye ko bhaye makai kina chaiyo sathi :D
ReplyDelete