Monday, May 2, 2011

शेक्सपियरको Sonnet 13

- सुदर्शन गुरुवाचार्य -

***
चाहना छ कि तिमी तिमी नै रही रहोस! तर, प्रिये, जसरी तिमी यहाँ भएर पनि यहाँ छैनौ, त्यसरी नै तिमी आफू भएर आफ्नो हुन सक्दैनौ: यो आउँदो अन्त्यको लागि तयारी गर र तिम्रो मीठो स्वरुप अरु कसैलाई सुम्प|

तिमीले भाडामा लिएको सुन्दरता रिक्तियो भने: तिमी तिमी नै रही रहने छौ तिम्रो अन्त्यपछि, जब तिम्रा सुन्दर सन्तानहरुले तिम्रो सुन्दरता अपनाऊने छन|

कसले यति राम्रो घरलाई जिर्ण हुन दिन्छ, जब मरमत  सम्भारले यसलाई शिशिरको हिउदे बतास र मृत्युको अनन्त चिसो क्रोधलाई खप्न सक्ने बनाउछ|

बिलासीहरु बाहेक कसैले यसो गर्दैन! प्रिये, तिमीलाई थाहा छ तिम्रो बुवा छ भनेर: अब तिम्रो छोरालाई पनि त्यहि भन्ने मौका देऊ|
- समाप्त -

4 comments:

  1. कविताको सुरुमा कविताको साराम्स दिन पाए राम्रो हुन्थ्यो होला ।

    ReplyDelete
  2. प्रयोगसाला होइन प्रयोगशाला ।

    ReplyDelete
  3. Sudarshan GuruacharyaMay 11, 2011 at 11:26 AM

    शेक्सपियरका कुनै पनि सोनेटहरुको शीर्षक नभएकोले सोनेटको संख्याले नै ती सोनेटहरु चिनिन्छन्| शेक्सपियरका जम्मा जम्मी १५४ सोनेटहरु छन्, जुन मध्ये मैले अहिलेको लागि प्राइम (prime) संख्या भएका सोनेटहरु मात्रै उल्था गर्ने विचार गरेको छुँ|

    ReplyDelete