Sunday, June 9, 2013

कानी आमा


एउटा गाउँमा एउटा केटा थियो जो आफ्नो एउटा आँखा भएको आमासँग बस्ने गर्दथ्यो । हरेक दिन ऊसको आमाले उसलाई स्कुल पुर्याउन जाने गर्थिन । उसका सबै साथिहरूले उसलाई गिज्याउने ... गर्दथे र कोहि पनि उसंग साथि बन्न खोज्दैनथे । उनिहरुले उसको आमलाई "कानी" भनेर बोलाऊँथे ।

साथीहरुको घ्रिणाले गर्दा ऊसको दिमाग्मा नकारात्मक छाप बस्न गयो र आफ्नै जन्म दिने आमलाई घ्रिणाको दृष्टिले हेर्न थाल्यो । त्यसैले उसले कडा मेहेनेत गर्यो, राम्रो सँग पढ्यो, शहर प्लायन भयो र उतै घरजम गरेर बस्यो । उस्को आमाले लाख कोशिश् गर्दा पनि उ फर्किएन । केही सिप नलागे पछी छोरा र ऊसको परिवारलाई भेट्न आँफै जाने निदो गरिन । अन्तत: उनी छोरा भएको ठाउँमा पुगिन र छोराले ढोका खोल्यो र रिसाउँदै भन्यो- छोरा: तपाईं किन यहाँ आउनु भएको तपाईंलाई म यति घ्रिणागर्छु की म आफै ब्यक्त गर्न सक्दिन । ...उसका छोरा-छोरीहरूले ती आँखा नभएकी बुढी बजैलाई देखेर भने- छोरा-छोरी: बाबा को हो यो आँखा नभएको राक्षस जस्तो ?

यो सबै देखेर ऊसको आमा त्यहाँ बाट फर्किन र धेरै बर्ष पछी उसलाई एउटा खबर आयो की ऊसको आमाले यो संसारलाई सधैंको लागि त्याग्न पुगिन । उसको आमाले उसलाई एउटा चिट्ठी छोडेकी थिइन जसमा लेखिएको थियो :

प्रिय छोरा,
मलाई थाहा छ की तिमी मलाई एकदम घ्रिणा गर्छौ किनभने मैले गर्दा तिमीलाई धेरै दु:ख भयो । तर तिमीलाई थाहा छ मैले कसरी आफ्नो आँखा गुमाएँ ? जब तिमी सानो थियौ हाम्रो एउटा घातक गाडी दुर्घटना भएको थियो । तिम्रो बाबाको घटना स्थल मै मृत्यु भयो र तिमी बेहोसी अवस्थामा थियौ । तिम्रो एउटा आँखा गुमेको थियो त्यसैले मैले मेरो एउटा आँखा तिमीलाई दिएँ ताकि तिमी आफ्नो सामान्य जीवन बिताउन सक्नेछौ । मैले तिमीलाई सधैं माया गरेकी छु छोरा । बिगतमा जे भयो सो भयो बिर्सिदेउ सबै कुरा । तिम्रो जीवन् फलोस् फुलोस यहि छ मेरो शुभकामना.....

- समाप्त -

स्रोत: Facebook. I noticed that somebody adapted this story from Academics Tips. Title: "My mom only had one eye"




No comments:

Post a Comment