यो भियतनाम युद्दमा लडेर फर्केको एक अमेरिकन सिपाहीको कथा हो। लडाई सकेर San Francisco सहर फर्कनासाथ त्यहाँबाट उसले आफ्ना वुवा-आमालाई फोन गरेछ र भनेछ : "बुवा-आमा म San Francisco आइपुगें। अब घर फर्किदै छु" । उ घर फर्किन लागेको कुरासुनेर वुवाआमा निकै खुसी भएछन्।
"अँ साँच्ची, मसँग मेरो साथी पनि आउछ" - उसले वुवाआमा भनेछ। "भैजान्छ नि । तिम्रो साथीलाई भेट्न हामीलाई पनि मन छ" - बुवाआमाले भनेछन ।
तर के, मेरो साथीलाई लडाईमा निकै चोट लागेको छ। एम्बुसमा परेर उसले एउटा हात र एउटा खुट्टा गुमाएको छ। उसको परिवारमा कोहीपनि छैन, जाने ठाउँ पनि छैन । मिल्ने साथी भएकोले हामीसंग नै बस्न खोज्छ।
छोराको यस्तोकुरा सुनेर वुवाआमाले भनेछन् - विचरा ... ठिकै छ पहिले तिमीहरू आउ अनि उसलाई बस्नलाई ठाउँ खोज्न सघाउला ।
त्यसो त गर्नु हुन्न। यो मेरो मिल्ने साथी हो। उसलाई ठाउँ खोजेर अर्कैतिर पठाउनुहुन्न। म उसलाई हामीसंगै बसाउन चाहन्छु।
छोराको कुरा सुनेर बावुले भनेछन् : "हेर छोरा तिमी कुरै बुझ्दैनौ। मान्छेले आफ्नो-आफ्नो जीवन विताउने हो। हामीले हाम्रो जीवन विताउने हो भने उसले उसको । त्यस्तो अपाङ्ग छ तिम्रो साथी। उसलाई पाल्दा हामीलाई गार्हो हुन्छ, भार पर्छ। त्यसैले यस्तो कुरा नगर। खुरुक्क तिमीमात्रै घर आउ।"
छोरालाई वुवाको कुरा सुनेर निकै रिस उठेछ अनि बोल्दाबोल्दैको फोन काटिदिएछ।
केहीदिनपछि बाउआमालाई San Francisco को प्रहरीले तिनीहरुको छोराले घरको छतबाट हामफालेर आत्माहत्या गर्यो भनेर फोनआएछ। बाउआमा रुदै छोरालाई हेर्न San Francisco उडेछन्। San Francisco हस्पिटलको लास राख्ने ठाउमा आफ्नो छोरा खोज्दै जाँदा उनीहरुले आफ्नो छोरालाई त चिनेछ्न् तर उसको एउटा हात र एउटा गोडा नभएको भने यो बेला मात्र देखेछन्।
- समाप्त -
No comments:
Post a Comment