Sunday, April 24, 2011

कुकी चोर

एक रात एकजना महिला एयरपोर्टमा हवाईजहाज कुरेर वसिरहेकी थिईन्। उनको जहाज उड्ने समय आउन धेरैवाँकि रहेकोले उनले समय विताउन एयरपोर्टभित्रको कितावपसलमा गएर एक किताव किनिन्। कितावका अलवा उनले कुकि पनि किनिन्। किनमेलपछि एयरपोर्टको एक कुनामा गएर किताव पढ्न थालिन्। यतिकैमा उनिसँगै वसेको एकजना मान्छेले उनको व्यागवाट एक दुईवटा कुकिज झिक्दै खाँदै गरेको महसुस उनले गरिन। तर उनले त्यसलाई नदेखे झैं गरिदिईन्। उनले पनि पढ्दै कुरुम कुरुम पार्दै कुकिज खान थालिन। आफ्न कुकी खाईदिएकोमा उनलाई रिस उठीरहेको थियो। रिस मेटाउन उनि घरि-घरि घडि हेर्ने गर्थिन् । तर त्यो कुकि चोरले उनको कुकि खाईनै रहेको थियो। उनले मनमनै सोच्न थालिन्: " म जस्तो असल मान्छे नभएको हो भने यो चोरको आँखा फूटाईदिन्थ्यो होला!"। उनले कुकी खाईरहिन, चोरले पनि खाइदिरह्यो।


कुकी खाँदै जाँदा, एउटा मात्र वाँकी रह्यो। अव यो चोरले के गर्छ होला भनेर उनि सोचिरहेकी थिईन। चोरले मुस्काउँदै, लजाउँदै अन्तिम कुकि पनि लियो अनि भाँच्यो । उसले आधा कुकी आफूले खायो र वाँकि उनलाई दियो। उनले उसको हातवाट आधा कुकि तानिन्। उनले मनमनै सोच्दै थिइन - 'चोर नै भएपनि मन चै रहेछ जे होस'। उनको कुकि खाईदिदा पनि चोरले उनलाई धन्यवाद दिईरहेको थिएन। त्यही भएर उनलाई एकदम रिस उठिरहेको थियो। यतिकैमा उनको प्लेन उड्ने समय भईसकेको थियो। उनलाई राहत महसुस भयो। उनी आफ्नो व्यागलिएर गेट तिर हिडिन। जानु अगि उनलाई त्यो चोरको अनुहार हेर्न मनलागेन।

उनी जहाजमा पुगिन र आफ्नो सिटमा वसिन। उनले किताव पढेर सकाउनै आँटेकी थिईन। त्यही भएर उनले व्यागवाट किताव निकाल्न लागिन्। तर अफसोच उनले व्यागमा उनको कुकि पो समाउन पुगिन्। उनले किनेको कुकि त व्यागमै पो रहेछ ! खासमा त त्यो मान्छेले उसको कुकी पो वाँढेर खाएको रहेछ! उनलाई ल्गानी महसुस भयो। उनले माफ माग्न खोजिन तर समय ढिला भईसकेको थियो। उनीले आफू निकै निर्दयी रहेछु भन्ने महसुस गरिन। वास्तवमा उक्त व्यक्ति कुकी चोर नभई आफैं कुकी चोर रहेछु भन्ने कुरा उनले वल्ल चाल पाईन् ...।
***

स्रोत: यहाँ
भाषा: अङ्गेजी
उल्था: नोवल निरौला

8 comments:

  1. लेख छोटो अनि मिठो छ.

    ReplyDelete
  2. धन्यवाद । मलाईपनि राम्रो लागेर अंग्रेजीवाट नेपालीमा लेख्न मनलागेको हो।

    ReplyDelete
  3. Looking for more stories :)

    --
    Sagar Pokhrel

    ReplyDelete
  4. I'll keep on doing so, Sagar. I've found more contributors now. It is getting accelerated ...

    ReplyDelete