Tuesday, July 19, 2011

शेक्सपियरको Sonnet 23


रंगमंचमा एक असिद्ध कलाकार झैँ जो डरले अफ्नो भाग बिर्सन्छ, अथवा कुनै क्रोधले भरिएको हिंसात्मक मानिस झैँ जसको बलको बाहुल्यले उसकै मनलाई कम्जोर बनाउछ --

त्यसैगरी म, बिना अत्मबिस्वास, सही समारोहमा प्रेमको रीति बोल्न बिर्सन्छु, र आफ्नै प्रेमको बलले, आफ्नै प्रेमको बोझले, क्षीण हुन्छु |

त्यसैले मेरा किताबहरु मेरो वाक्पटुता बनुन्, मेरो बोलिराख्ने मनका मौन सगुणहरु, जसले प्रेमको वकालत गर्छ, र भरपाई खोज्छ, र मेरो जिब्रोले भन्दा बडी अभिव्यक्त गर्छ |

त्यसैले नि:शब्द प्रेमले लेखिएको कुरा पढ्न सिक -- आँखाले सुन्न सक्नु नै प्रेमको श्रेष्ठ प्रतिभा हो |

- समाप्त -

Saturday, July 2, 2011

प्रेम र विवाहको अर्थ

एउटा विध्यार्थीले गुरुलाई सोधेछ - “गुरु, यो माया / प्रेम भनेको के हो ?” । गुरुले भनेछन् - “ यो प्रश्नको जवाफ दिनुअघि तिमीले एक काम गर्नुपर्दछ। काम के भने तिमी गहुँवारीमा जाउ र त्यहाँको सवैभन्दा ठूलो गहुँ लिएर आउ। तर तिमीले कुनैपनि गहुँलाई एकपटक विचार गरीसकेपछी पुन: फर्केर ल्याउन भने पाउने छैनौ।”

त्यसपछी त्यो विध्यार्थी गहुँवारीमा गएछ र हेर्दै अघि वढ्दै गरेछ। उसले एउटा ठूलो गहुँ देखेछ तर उसलाई लागेछ: यो भन्दा ठूलो गहुँ पाउन पनि सक्छ...। उसले अगाडि वढ्दा अर्को झनै ठूलो गहुँ भेटेछ। यो पालीपनि उसलाई लागेछ: ठूला गहुँहरु भेटिदैछन्। यो भन्दा पनि ठूलो गहुँ भेटिनेछ ।

अगाडि वढ्ने क्रममा गहुँवारीको विचतिर पुग्दा अगाडि भेटेको गहुँ नै लिनुपर्ने रहेछ त्यो नै ठूलो थियो भन्ने लाग्न थालेछ। यस्तै सोच्दासोच्दै उ वारिको पल्लो छेउमा पुगेछ। अनि गुरुकहाँ विना गहुँ रित्तो हात फर्केछ।

Friday, June 17, 2011

प्रार्थना गरेको हात

- रस्मी कार्की पुरी -

१५ शताब्दी तिरको कुरा हो, नुरेम्बेर्ग नजिकैको एउटा सानो गाँउमा एउटा सुनारको ठुलो परिवार बस्थ्यो । सुनारको १८ जना सन्तान थिए जसको लालन पालनको लागि उनलाई दैनिक १८ घण्टा आफ्नो सुनारीमा बिताउनु पर्थ्यो भने बाँकी समय चाँही उनी आफ्नो छिमेकीहरुको घरमा निमेकी गर्दथे। गरीब भएर यस्तो दु:ख सुखले जीवन गुजारिरहेको यस परिवारको १८ मध्ये २ जना छोराहरु अल्ब्रेच्ट डुरेर र अल्बेर्टलाई कलामा ठूलो शोख थियो । उनीहरु दुबै जना आफ्नो शोखलाई पूर्ण गर्नको निम्ति नुरेम्बेर्गको कलाको स्कूलमा अध्ययन गर्न चाहन्थे । तर आफ्नो आर्थिक अवस्थाको कारणले गर्दा उनीहरुका बाबुले उनीहरुलाई नुरेम्बेर्गको कलाको स्कूलमा पठाउन सक्दैनन् भन्ने उनीहरुलाई राम्रोसँग ज्ञान थियो ।

अनगिन्ती लामा छलफलहरु पछि एक रात दुबै जना दाजुभाईले आफ्नो पढ्ने ईच्छा पुरा गर्न एउटा जुक्ती गर्छन् । एउटा सिक्का उछालेर आफ्नो भविस्यको बारेमा निर्णय गर्ने - जस अनुसार जसले जित्छ ऊ पढ्नको लागि नुरेम्बेर्ग जान्छ, अनी अर्कोले उसको पढाईको खर्च नजिकैको खानीमा दिन रात काम गरेर जुटाउँछ , अनि अर्को भाई आफ्नो चार बर्षको पढाई पूरा गरे पछि आफ्नो क्षेत्रमा काम गरेर अथवा खानिमै गएर भए पनि काम गरेर अर्कोलाई पढाउनु पर्नेछ ।

Thursday, June 9, 2011

शेक्सपियरको Sonnet 17


आउने समयहरुमा कसले मेरो कवितामा विश्वास गर्ला, यदि यसमा तिम्रो उच्च प्रसंसा मात्रै भरिएको छ भने? तर
इश्वरलाई थाहा छ, यो कविता सिवाय एक कब्र हो जसले तिम्रो आचरणलाई लुकाएको छ, र तिम्रो आधा भाग पनि
खुलाएको छैन |

यदि मैले तिम्रो नयनको मनोहरताको बयान गरौं र ताजा सुरहरुमा तिम्रो शोभाको गणना गरौं त भविस्यले भन्ने
छ, "यो कविले झुटो बोलेछ; यस्तो स्वर्गीय स्पर्सले कुनै धर्तीको अनुहारलाई छोएको थिएन |"

त्यसैले यदि मेरा कागजहरु पहेलो पुरानो भइ निरर्थक बचन बोल्ने वृद्धहरु झैं तिरस्कृत भए, र तिम्रो पूर्ण
अधिकारलाई एक कविको भावुकताको संज्ञा दिए, एउटा पुरानो गाना को जटिल छंद भनिए :

तेतिबेला तिम्रो कुनै वंशज भए तिम्रो दुईवटा अस्तित्व रहने छ -- तिम्रो वंशजमा अनि मेरो गीतमा |

- समाप्त -

Saturday, May 14, 2011

गरीवको जीवन

एकदिन एकदमै धनीवावुले उनको छोरालाई गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देखाउन एक गाउँमा लिएर गएछन् । गाउँमा उनीहरु एकजना एकदमै गरिव मानिसको घरमा वसेछन् र केहीदिनको वसाईपछि उनीहरु आफ्नै घर फर्केछन्। वाटोमा वावुले छोरालाई सोधेछन्: “वावु, कस्तो लाग्यो त हाम्रो यात्रा ? "

“एकदमै रमाईलो लाग्यो वावा” - छोराले जवाफ दिएछ।

“अव त तिमीले गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देख्यौ हैन त ?” - वाउले छोरालाई सोधेछन्।

“हो वावा” - छोराले जवाफ दिएछ।

“उसोभए भन त, तिमीले यो यात्रावाट के कुरा सिक्यौ ?”- वाउले छोरालाई सोधेछन्।

Tuesday, May 10, 2011

शेक्सपियरको Sonnet 5

- सुदर्शन गुरुवाचार्य -

***
त्यही समयको प्रक्रिया जसले तिम्रो सुन्दर मुहार बनायो, जुन आज सबैले हेर्न रुचाऊछन्, कुनै दिन त्यही मुहारमा तानाशाही बन्ने छ, र तिम्रो सुन्दरतालाई कुरूपतामा बदल्नेछ ।

सधै चलायमान समयले ग्रिष्मलाई शिशिरतिर लगि उसको बिनाश गर्छ -- उसको रस सबै जमेको र कामुक पातहरु सबै ओइलाएको, उसको सौन्दर्य हिऊले पुरिएको, र सबै ठाउँ उजाड ।

ग्रिष्मको आसवन (distillation) कॉचको भित्ता भित्र कैद नभएको भए ग्रिष्मको सौन्दर्य ग्रिष्मसँगै हराउथ्यो, अनि ऊ र ऊ के थियो भनि सम्झाउने माध्यम नहुने थियो ।

शिशिरलाई भेटि फूलहरु ओइलाएपनि, फूलहरुको आसवनमा उनीहरुको सुगन्ध सधै बाँचीरहने छ ।

***

Thursday, May 5, 2011

रिसलाई काबु


- सपना लोहनी -
***
एउटा साह्रै रिसालु केटा रहेछ । एकदिन उसको बाबुले एक झोला किला दिंदै भनेछ "हेर वावु, तिमीलाई जति बेला रिस उठ्छ हरेक पटक एउटा किला त्यो भित्तामा ठोक्नु ।"

पहिलो दिन त्यो केटाले ३७ वटा किला ठोकेछ । त्यसपछिको केही हफ्तामा उसले बिस्तारै आफ्नो रिस थाम्न सिक्दै गएछ र भित्तामा किला ठोक्ने क्रम पनि बिस्तारै घट्दै गएछ । त्यो भित्तामा किला ठोक्नु भन्दा आफ्नो रिसलाई काबु गर्न सझिलो उसले महसुस गर्न थालेछ । अन्त्यमा एक दिन उसले एउटा किला पनि ठोक्नु नपरेको दिन पनि आएछ । उसले खुशी भएर आफ्नो बाबुलाई त्यो कुरा सुनाएछ । यस पटक बाबुले भनेछ "अब जुन-जुन दिन तिमीलाई एक पटक पनि रिस उठ्दैन त्यो भित्ताबाट एउटा किला निकाल्नु ।"