Thursday, February 2, 2012

कथा: "आमा, वाई"

एउटा भर्खरको केटा किनमेलको लागि सुपरमार्केट भित्र छिरेछ। यतिकैमा उसलाई एक बुढी आइमाईले पछ्याईरहेको थाहा पाएछ । तरपनि उसले वास्ता नगरी हिडेछ। आफूलाई चाहिएको सामान छानेपछि काउन्टरमा पैसा तिर्न गएछ।

काउन्टरमा त्यो बुढीमान्छे उसको केहि अगाढी रहिछ। बुढीमान्छे त्यो केटाको नजिकै आएर भनिछ : "बाबु, अगि तिम्रो पछीपछी लागेकोमा मलाई माफ गर। खासमा मेरो छोरा भर्खर बित्यो। तिम्रो अनुहार गरेको थियो। त्यहि भएर मलाई छोराको यादले गर्दा तिमीलाई पछ्याएँ । यसले तिमीलाई अप्ठेरो बनायो होला। मलाई माफ गरेस है"। वुढी आमाको यो कुरा सुनेपछी त्यो केटालाई नरमाईलो लागेछ र बुढीआमालाई सान्त्वना दिदै भनेछ: “आमा तपाईंको कुरा सुनेर दु:ख लाग्यो। जीवन यस्तै हो। मर्ने दिनको टुङ्गा हुँदैन। हामी पनि कुन दिन मर्ने हौ के थाहा हुन्छ। वरु केही सहयोग गर्नुपर्यो भने मलाई भन्नु है"।

केटाको कुराले वुढियालाई केही राहत मिलेछ। उसले भनिछ: “वावु तिमीसँग फेरि भेटहुन्छ हुन्न थाहा छैन । तिमीलाई अप्ठेरो लाग्दैन भने म यहाँवाट जानेवेलामा ‘आमा वाई’ भनेर हात हल्लाई दिए है। त्यसले छोराको विछोडमा तड्पिएको मेरो मनलाई केही मलम लगाई दिन्छ वावु” । केटाले हवस् आमा भनेर भनेछ।

वुढियाले पैसातिरेर हिड्न लाग्दा केटाले 'आमा, वाई’ हात हल्लाई दिएछ। त्यो केटाको कुराले वुढीयालाई राहत मिलेछ। केटापनि वुढिआमाको केही हँसिलो मुहार देखेर सन्तोष मिलेछ। त्यो घटनापछी केटोले संसार कस्तो अचम्मको हुने रहेछ भन्ने कुरा सोच्न लागेछ। आफू अगाडिका मान्छे सकिएपछि उसको पालो आएछ । उसले आफ्नो सामानको पैसा तिर्न लागेछ। पसलेले सामानको मुल्य रु १००० भयो भनेपछी उसले भनेछ: यति थोरै सामान किन्दा पनि कसरी यत्रो पैसा ? यतिकैमा पसलेले भनेछ: “तिम्रो आमाको र तिम्रो गरेर यती हो” ।

- समाप्त -

कथा समाप्त । यो कथाले के शिक्षा दिन्छ कमेन्टमा लेख्नु है :-)
फोटो र कथाको स्रोत: गुडवाई मम

Wednesday, December 28, 2011

कथा: डिनरको लागि के वन्दै छ ?

एकजना मान्छे उसकी वुढीले कान सुन्न छोडेको देखेर चिन्तित वनेछ । उसलाई कानसुन्ने वनाउने विचार गरेछ। तर वुढीलाई तैंले कानसुन्न छोडिस भनेर कसरी भन्ने भनेर उसलाई चिन्ता परेछ। र परिवारको डाक्टरलाई छलफल गर्न वोलाएछ। डाक्टरले उसकी वुढीले कानसुन्दिन रहेछु भनेर आफैं जानोस भन्ने हिसावले एउटा सानो परिक्षा लिनुपर्छ तिमीले भनेर वुढालाई सिकाएछ।

डाक्टरले भनेछ: तिमी तिम्रो वुढीको ४० फिट पर वस अनि साधारण आवाज निकालेर कुरा गर। यदी उसले सुनिन भने ३० फिट मा गएर फेरी साधारण आवाज निकालेर कुरा गर। अझैपनि सुनिन भने एवं रितले २० फिट हुदै नजिकिंदै जाउ जवसम्म उसले तिम्रो कुरा सुन्दिन।

त्यससाँझ डाक्टरको सल्लाह वमोजिम वुढी भान्सामा पकाईरहेको वेला वुढोले ४० फिट परवाट भनेछ “वुढी , डिनरको लागि के वन्दै छ” ? तर अहँ वुढियाले सुनिन ।

४० फिटवाट नसुनेपछी वुढो भान्साको ३० फिट नजिक गएछ र अगि जस्तै गरी भनेछ : “वुढी , डिनरको लागि के  वन्दै छ” ? तर अहँ वुढियाले फेरी सुनिन छ ।

३० फिट टाढावाट पनि वोलेको नसुने पछी वुढो २० फिटमा गएर अगाडि झै वोलेछ: “वुढी , डिनरको लागि के वन्दै छ” ? यो पाली पनि वुढीले सुनिन छ।

२० फिटवाटवोल्दा पनि नसुनेपछी डाक्टरको सल्लाह वमोजिम वुढो १० फिट नजिकै गएर भनेछ: “वुढी, डिनरको लागि के  वन्दै छ ” ? फेरीपनि वुढीले सुनिनछ।

१० फिटवाट पनि नसुनेपछी उ वुढिको पछाडि गएर भनेछ: “वुढी, डिनरको लागि के  वन्दै छ ” ?

यसपाली भने वुढिले सुनिछ र भनिछ : “वुढा, पाँच पल्ट देखी भन्दै छु, चिकेन पकाईरहेकी छु भनेर !”

- समाप्त -

यसकथावाट लिनुपर्ने शिक्षा: आफूलाई लागेझै समस्या अरुकोमा होला भन्नु उचित नहुन सक्छ। समस्या त आफू भित्र नै पनि हुन सक्छ !

स्रोतMoral Stories

Tuesday, July 19, 2011

शेक्सपियरको Sonnet 23


रंगमंचमा एक असिद्ध कलाकार झैँ जो डरले अफ्नो भाग बिर्सन्छ, अथवा कुनै क्रोधले भरिएको हिंसात्मक मानिस झैँ जसको बलको बाहुल्यले उसकै मनलाई कम्जोर बनाउछ --

त्यसैगरी म, बिना अत्मबिस्वास, सही समारोहमा प्रेमको रीति बोल्न बिर्सन्छु, र आफ्नै प्रेमको बलले, आफ्नै प्रेमको बोझले, क्षीण हुन्छु |

त्यसैले मेरा किताबहरु मेरो वाक्पटुता बनुन्, मेरो बोलिराख्ने मनका मौन सगुणहरु, जसले प्रेमको वकालत गर्छ, र भरपाई खोज्छ, र मेरो जिब्रोले भन्दा बडी अभिव्यक्त गर्छ |

त्यसैले नि:शब्द प्रेमले लेखिएको कुरा पढ्न सिक -- आँखाले सुन्न सक्नु नै प्रेमको श्रेष्ठ प्रतिभा हो |

- समाप्त -

Saturday, July 2, 2011

प्रेम र विवाहको अर्थ

एउटा विध्यार्थीले गुरुलाई सोधेछ - “गुरु, यो माया / प्रेम भनेको के हो ?” । गुरुले भनेछन् - “ यो प्रश्नको जवाफ दिनुअघि तिमीले एक काम गर्नुपर्दछ। काम के भने तिमी गहुँवारीमा जाउ र त्यहाँको सवैभन्दा ठूलो गहुँ लिएर आउ। तर तिमीले कुनैपनि गहुँलाई एकपटक विचार गरीसकेपछी पुन: फर्केर ल्याउन भने पाउने छैनौ।”

त्यसपछी त्यो विध्यार्थी गहुँवारीमा गएछ र हेर्दै अघि वढ्दै गरेछ। उसले एउटा ठूलो गहुँ देखेछ तर उसलाई लागेछ: यो भन्दा ठूलो गहुँ पाउन पनि सक्छ...। उसले अगाडि वढ्दा अर्को झनै ठूलो गहुँ भेटेछ। यो पालीपनि उसलाई लागेछ: ठूला गहुँहरु भेटिदैछन्। यो भन्दा पनि ठूलो गहुँ भेटिनेछ ।

अगाडि वढ्ने क्रममा गहुँवारीको विचतिर पुग्दा अगाडि भेटेको गहुँ नै लिनुपर्ने रहेछ त्यो नै ठूलो थियो भन्ने लाग्न थालेछ। यस्तै सोच्दासोच्दै उ वारिको पल्लो छेउमा पुगेछ। अनि गुरुकहाँ विना गहुँ रित्तो हात फर्केछ।

Friday, June 17, 2011

प्रार्थना गरेको हात

- रस्मी कार्की पुरी -

१५ शताब्दी तिरको कुरा हो, नुरेम्बेर्ग नजिकैको एउटा सानो गाँउमा एउटा सुनारको ठुलो परिवार बस्थ्यो । सुनारको १८ जना सन्तान थिए जसको लालन पालनको लागि उनलाई दैनिक १८ घण्टा आफ्नो सुनारीमा बिताउनु पर्थ्यो भने बाँकी समय चाँही उनी आफ्नो छिमेकीहरुको घरमा निमेकी गर्दथे। गरीब भएर यस्तो दु:ख सुखले जीवन गुजारिरहेको यस परिवारको १८ मध्ये २ जना छोराहरु अल्ब्रेच्ट डुरेर र अल्बेर्टलाई कलामा ठूलो शोख थियो । उनीहरु दुबै जना आफ्नो शोखलाई पूर्ण गर्नको निम्ति नुरेम्बेर्गको कलाको स्कूलमा अध्ययन गर्न चाहन्थे । तर आफ्नो आर्थिक अवस्थाको कारणले गर्दा उनीहरुका बाबुले उनीहरुलाई नुरेम्बेर्गको कलाको स्कूलमा पठाउन सक्दैनन् भन्ने उनीहरुलाई राम्रोसँग ज्ञान थियो ।

अनगिन्ती लामा छलफलहरु पछि एक रात दुबै जना दाजुभाईले आफ्नो पढ्ने ईच्छा पुरा गर्न एउटा जुक्ती गर्छन् । एउटा सिक्का उछालेर आफ्नो भविस्यको बारेमा निर्णय गर्ने - जस अनुसार जसले जित्छ ऊ पढ्नको लागि नुरेम्बेर्ग जान्छ, अनी अर्कोले उसको पढाईको खर्च नजिकैको खानीमा दिन रात काम गरेर जुटाउँछ , अनि अर्को भाई आफ्नो चार बर्षको पढाई पूरा गरे पछि आफ्नो क्षेत्रमा काम गरेर अथवा खानिमै गएर भए पनि काम गरेर अर्कोलाई पढाउनु पर्नेछ ।

Thursday, June 9, 2011

शेक्सपियरको Sonnet 17


आउने समयहरुमा कसले मेरो कवितामा विश्वास गर्ला, यदि यसमा तिम्रो उच्च प्रसंसा मात्रै भरिएको छ भने? तर
इश्वरलाई थाहा छ, यो कविता सिवाय एक कब्र हो जसले तिम्रो आचरणलाई लुकाएको छ, र तिम्रो आधा भाग पनि
खुलाएको छैन |

यदि मैले तिम्रो नयनको मनोहरताको बयान गरौं र ताजा सुरहरुमा तिम्रो शोभाको गणना गरौं त भविस्यले भन्ने
छ, "यो कविले झुटो बोलेछ; यस्तो स्वर्गीय स्पर्सले कुनै धर्तीको अनुहारलाई छोएको थिएन |"

त्यसैले यदि मेरा कागजहरु पहेलो पुरानो भइ निरर्थक बचन बोल्ने वृद्धहरु झैं तिरस्कृत भए, र तिम्रो पूर्ण
अधिकारलाई एक कविको भावुकताको संज्ञा दिए, एउटा पुरानो गाना को जटिल छंद भनिए :

तेतिबेला तिम्रो कुनै वंशज भए तिम्रो दुईवटा अस्तित्व रहने छ -- तिम्रो वंशजमा अनि मेरो गीतमा |

- समाप्त -

Saturday, May 14, 2011

गरीवको जीवन

एकदिन एकदमै धनीवावुले उनको छोरालाई गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देखाउन एक गाउँमा लिएर गएछन् । गाउँमा उनीहरु एकजना एकदमै गरिव मानिसको घरमा वसेछन् र केहीदिनको वसाईपछि उनीहरु आफ्नै घर फर्केछन्। वाटोमा वावुले छोरालाई सोधेछन्: “वावु, कस्तो लाग्यो त हाम्रो यात्रा ? "

“एकदमै रमाईलो लाग्यो वावा” - छोराले जवाफ दिएछ।

“अव त तिमीले गरीव मानिसहरु कसरी वस्छन् भन्ने कुरा देख्यौ हैन त ?” - वाउले छोरालाई सोधेछन्।

“हो वावा” - छोराले जवाफ दिएछ।

“उसोभए भन त, तिमीले यो यात्रावाट के कुरा सिक्यौ ?”- वाउले छोरालाई सोधेछन्।