
यो भियतनाम युद्दमा लडेर फर्केको एक अमेरिकन सिपाहीको कथा हो। लडाई सकेर San Francisco सहर फर्कनासाथ त्यहाँबाट उसले आफ्ना वुवा-आमालाई फोन गरेछ र भनेछ : "बुवा-आमा म San Francisco आइपुगें। अब घर फर्किदै छु"
। उ घर फर्किन लागेको कुरासुनेर वुवाआमा निकै खुसी भएछन्।
"अँ साँच्ची, मसँग मेरो साथी पनि आउछ" - उसले
वुवाआमा भनेछ। "भैजान्छ नि । तिम्रो साथीलाई भेट्न हामीलाई पनि मन छ" - बुवाआमाले भनेछन ।