Friday, June 17, 2011

प्रार्थना गरेको हात

- रस्मी कार्की पुरी -

१५ शताब्दी तिरको कुरा हो, नुरेम्बेर्ग नजिकैको एउटा सानो गाँउमा एउटा सुनारको ठुलो परिवार बस्थ्यो । सुनारको १८ जना सन्तान थिए जसको लालन पालनको लागि उनलाई दैनिक १८ घण्टा आफ्नो सुनारीमा बिताउनु पर्थ्यो भने बाँकी समय चाँही उनी आफ्नो छिमेकीहरुको घरमा निमेकी गर्दथे। गरीब भएर यस्तो दु:ख सुखले जीवन गुजारिरहेको यस परिवारको १८ मध्ये २ जना छोराहरु अल्ब्रेच्ट डुरेर र अल्बेर्टलाई कलामा ठूलो शोख थियो । उनीहरु दुबै जना आफ्नो शोखलाई पूर्ण गर्नको निम्ति नुरेम्बेर्गको कलाको स्कूलमा अध्ययन गर्न चाहन्थे । तर आफ्नो आर्थिक अवस्थाको कारणले गर्दा उनीहरुका बाबुले उनीहरुलाई नुरेम्बेर्गको कलाको स्कूलमा पठाउन सक्दैनन् भन्ने उनीहरुलाई राम्रोसँग ज्ञान थियो ।

अनगिन्ती लामा छलफलहरु पछि एक रात दुबै जना दाजुभाईले आफ्नो पढ्ने ईच्छा पुरा गर्न एउटा जुक्ती गर्छन् । एउटा सिक्का उछालेर आफ्नो भविस्यको बारेमा निर्णय गर्ने - जस अनुसार जसले जित्छ ऊ पढ्नको लागि नुरेम्बेर्ग जान्छ, अनी अर्कोले उसको पढाईको खर्च नजिकैको खानीमा दिन रात काम गरेर जुटाउँछ , अनि अर्को भाई आफ्नो चार बर्षको पढाई पूरा गरे पछि आफ्नो क्षेत्रमा काम गरेर अथवा खानिमै गएर भए पनि काम गरेर अर्कोलाई पढाउनु पर्नेछ ।

Thursday, June 9, 2011

शेक्सपियरको Sonnet 17


आउने समयहरुमा कसले मेरो कवितामा विश्वास गर्ला, यदि यसमा तिम्रो उच्च प्रसंसा मात्रै भरिएको छ भने? तर
इश्वरलाई थाहा छ, यो कविता सिवाय एक कब्र हो जसले तिम्रो आचरणलाई लुकाएको छ, र तिम्रो आधा भाग पनि
खुलाएको छैन |

यदि मैले तिम्रो नयनको मनोहरताको बयान गरौं र ताजा सुरहरुमा तिम्रो शोभाको गणना गरौं त भविस्यले भन्ने
छ, "यो कविले झुटो बोलेछ; यस्तो स्वर्गीय स्पर्सले कुनै धर्तीको अनुहारलाई छोएको थिएन |"

त्यसैले यदि मेरा कागजहरु पहेलो पुरानो भइ निरर्थक बचन बोल्ने वृद्धहरु झैं तिरस्कृत भए, र तिम्रो पूर्ण
अधिकारलाई एक कविको भावुकताको संज्ञा दिए, एउटा पुरानो गाना को जटिल छंद भनिए :

तेतिबेला तिम्रो कुनै वंशज भए तिम्रो दुईवटा अस्तित्व रहने छ -- तिम्रो वंशजमा अनि मेरो गीतमा |

- समाप्त -